नियम ३८
लेखापरीक्षकको छनौट
लेखापरीक्षक छनौट गर्ने प्रयोजनको लागि महानगरपालिका
र उपमहानगरपालिकाले राष्ट्रिय स्तरका दैनिक पत्रिकामा र नगरपालिकाले स्थानीय
स्तरमा नियमित प्रकाशन हुने पत्रिकामा सूचना प्रकाशन गरी नेपाल चाटर्ड
एकाउन्टेन्ट संस्थामा दर्ता भएका उपयुक्त वर्गस“ग दरखास्त आव्हान गरी
लेखापरीक्षकहरुको नाम सूचीकृत गर्नु पर्नेछ र त्यसरी सूचीकृत भएका लेखापरीक्षक
मध्येबाट ऐनको दफा १३५ बमोजिम लेखापरीक्षकको छनौट गर्नु पर्नेछ ।